तोसिमा कार्की भन्छिन् : भ्रष्टाचारमा मुछिएका स्वास्थ्य मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ

नेपालभ्युज

तोसिमा कार्की भन्छिन् : भ्रष्टाचारमा मुछिएका स्वास्थ्य मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताएकी छिन् ।

हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौं कमिसनको चलखेल गरेको भन्दै उनले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने बताएककी हुन् ।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउन माग गरेकी हुन् ।

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनि पटकपटक प्रश्न समेत गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved