बसले ठक्कर दिंदा विद्यालयबाट घर फर्किरहेका बालकको मृत्यु

नेपालभ्युज

बसले ठक्कर दिंदा विद्यालयबाट घर फर्किरहेका बालकको मृत्यु

दाङ । घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका बालकको मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे १ ख ३६९७ नम्बरको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिए । घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved