बालकुमारी घटनामा जो दोषी देखिए पनि नछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा जो दोषी देखिए पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालभ्युज

बालकुमारी घटनामा जो दोषी देखिए पनि नछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा जो दोषी देखिए पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा जो देषी देखिए पनि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरिसकेको र आयोगको प्रतिवेदनअनुसार सरकार अघि बढ्ने पनि बताए ।

‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ’, उनले भने, ‘यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु ।’

उनले मृतकको परिवारलाई १० लाखबाहेक थप आर्थिक सहयोग र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved