संसदीय समिति सक्रिय, आज एकै दिन ५ वटा समिति बैठक बस्दै

नेपालभ्युज

संसदीय समिति सक्रिय, आज एकै दिन ५ वटा समिति बैठक बस्दै

काठमाडौं । पछिल्लो समय लगातार समितिका बैठकहरु सक्रिय हुन थालेका छन् । आज पनि एकै पटक ५ वटा संसदीय समितिको बैठक बोलाइएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान ११ बजे सिंहदरवारस्थित समितिको कार्यालयमा बोलाइएको छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल हुने बताइएको छ । त्यस्तै ११ बजे नै पूर्वाधार विकास समितिले पनि बैठक बोलाएको छ ।

बैठकमा विद्युत विधेयक, २०८० र सप्तरी भ्रमण कार्यदलको प्रतिवेदनमाथि छलफल हुने कार्यसूचि छ ।

बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिबाट भएको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने विहान ९ बजे बोलाइएको छ । इपिएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको घटना सम्बन्धमा छलफल भइरहेको समितिको सचिवालयले जनाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने दिउसो २ बजे बस्दै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved