अदालतको आदेशपछि गौशाला २६ भन्छिन्- निकै खुसी छु, लडेपछि न्याय पाइने रहेछ

नेपालभ्युज

अदालतको आदेशपछि गौशाला २६ भन्छिन्- निकै खुसी छु, लडेपछि न्याय पाइने रहेछ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई शुक्रबार दोषी ठहर गरेको हो ।

लामिछानेलाई बलात्कारको आरोप लगाउने गौशाला २६ ले अदालतको यो फैसलाले आफू निकै खुसी भएको बताएकी छन् । नेपाल भ्युजसँग उनले भनिन् ‘अहिले म केही बाेल्न सक्दिनँ तर, न्याय पाएँ निकै खुशी छु ।’

उनले आफुलाई न्याय मिलेको भन्दै आफूलाई लड्न सहयोग गर्नेहरु सबैलाई धन्यवाद समेत दिएकी छन्  । ‘सबैलाई लड्ने यस्तै हिम्मत जुटोस् लडेपछि न्याय पाइने रहेछ, उनले भनिन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved