पशुपतिबाट अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा भेटिइन्, अपहरणकारी पक्राउ

नेपालभ्युज

पशुपतिबाट अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा भेटिइन्, अपहरणकारी पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । गौशालास्थित पशुपति मन्दिर परिसरबाट दुई दिनअघि अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा भेटिएकी छिन् ।

मंगलबार साँझ पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट अपहरणमा परेकी बलिकालाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट उद्धार गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved