कम्मरभन्दा तल झरेको लामो कपाल पाउन खानुहोस् यी ७ फल

नेपालभ्युज

कम्मरभन्दा तल झरेको लामो कपाल पाउन खानुहोस् यी ७ फल

एजेन्सी । हरेक युवतीको इच्छा हुन्छ लामो तथा सुन्दर कपाल होस् । यसका लागि धेरै पैसा खर्च गर्नुपर्ने आवश्यकता छैन । आफ्नो खानपानमा केही फल समावेश गरेर पनि कपाल सुन्दर र लामो बनाउन सक्नुहुन्छ ।

आज जानौं ती फलका बारेमा जसले कपाललाई सुन्दर र लामो बनाउन सहयोग गर्छन् ।

सुन्तला

रिसर्च गेटको अध्ययनअनुसार सुन्तलामा एन्टीअक्सीडेन्ट्स, एन्टीफंगल र एन्टीब्याक्टेरियल गुण हुन्छन् । यो गुणले कपाल झर्नबाट रोक्छ र चायाँ तथा अन्य स्काल्पको संक्रमणलाई पनि रोक्न सहयोगी हुन्छ ।

एवोकाडो

एवोकाडोमा प्रोटिन, भिटामिन ए, बी, बी १, बी २ र सी, बीटा क्यारोटिन, लिनोलिक जस्ता पोषक तत्व पाइन्छन् । यसको सेवनले कपाल लामो र बाक्लो हुँदै जान्छ ।

अम्बा

अम्बामा भिटामिन सी भरपूर मात्रामा हुन्छ । यसमा आइरन पनि प्रचुर मात्रामा पाइन्छ । यी सबै तत्वहरु कपालका जरामा अक्सीजन पुर्‍याउन सहयोगी हुन्छन् । सही मात्रामा अक्सीजन पुग्यो भने कपाल स्वस्थ रहनुका साथै त्यसको चमक पनि बढ्छ ।

बेरीज

रिसर्च गेटको अध्ययनअनुसार बेरीजहरुमा भिटामिन सी बाहेक अन्य कयौं प्रकारका माइक्रोन्यूट्रिएन्ट्स र एन्टीअक्सीडेन्ट्स पाइन्छ । जसले कपाललाई बलियो बनाउनुका साथै ड्यामेज हुनबाट पनि जोगाउँछ ।

कीवी

कीवीमा पाइने तत्वहरुले पनि कपालको विकासलाई सहयोग गर्छ । यसले कपाल झर्ने समस्या पनि कम हुन्छ । तपाईं किवीलाई अन्य फल जसरी काटेर वा जुस बनाएर खान सक्नुहुन्छ ।

केरा

रिसर्च गेटकै सोधअनुसार केरा चायाँ रोक्नका लागि एकदमै राम्रो मानिन्छ । यसमा पोटाशियम, कार्बोहाइड्रेट, भिटामिन र प्राकृतिक तेल हुन्छ जसले टुक्रिन तथा ड्यामेज हुनबाट रोक्छ ।

अमला

त्यसो त अमलाको तेल पनि कपालका लागि उपयोगी हुन्छ । यसरी नै अमलाको सेवनले पनि कपालमा धेरै नै फाइदा पुग्छ । यसमा हुने भिटामिन ईले कपाललाई लामो बनाउन सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved