एनएसएल : पहिलो हाफमा पोखरालाई अग्रता

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा पोखरालाई अग्रता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा अहिले पोखरा थन्डर्स र साविक विजेता धनगढी एफसीबीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पोखराले १–० गोलअन्तरले अग्रता लिएको हो।

पोखराको लागि आयुष घलानले गोल गरे। खेलको पाँचौँ मिनेटमा आयुषले गोल गर्दै पोखरालाई अग्रता दिलाए।

दुवै टोली जित हासिल गर्दै फाइनल पुग्ने योजनामा रहेका छन्। पराजित भएको टोलीले भने फाइनल पुग्न इलिमिनेटर राउन्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved