एनएसएलमा पोखरा र धनगढी भिड्दै

नेपालभ्युज

एनएसएलमा पोखरा र धनगढी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज पोखरा थण्डर्स र धनगढी एफसी भिड्दै छन् । यी दुई बीचको पहिलो क्वालिफायर खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ ।

लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् ।

दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्ने योजनासहित मैदान उत्रिदैछन् । धनगढी प्रतियोगिताको साविक उप विजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउने टिम हो ।

खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ । उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ ।

लिगको अन्तिम खेलमा धनगढीलाई बराबरीमा रोकेको पोखराले लिग चरणमा सबैभन्दा धेरै ४ जित निकालेको छ । लिग चरणको प्रदर्शनका कारण पोखरालाई दोस्रो संस्करणको उपाधिको दाबेदारका रुपमा हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved