आज पनि दुईवटा संसदीय समितिको बैठक बस्दै

नेपालभ्युज

आज पनि दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका दुइवटा संसदीय समितिको बैठक बस्दै छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची छ ।

त्यस्तै आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बोलाइएको छ । समितिको बैठक सिंहदरवारस्थित समितिको कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूचि छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved