‘भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय समेटिंदैनः सांसद परियार

नेपालभ्युज

‘भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय समेटिंदैनः सांसद परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले ‘दोहोरो भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताएका  छन् ।

शुक्रवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले दोहोरो भीडन्त बाहेकको हत्या भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताएका  हुन् । उनले स्वेच्छाचारीपूर्वक/क्रुरतापूर्वक गरिएको हत्यालाई गम्भिर मानव अधिकार उल्लंघनको घटनाको रुपमा लिनुपर्ने बताए ।

त्यसैगरी विगतमै अयोग्य लडाकु भनिएका र राज्यले लोकतान्त्रिक योद्धा भनेर समेत सम्बोधन गरिसकेकाहरुलाई ‘सशस्त्र द्वन्द्वका क्रममा विभिन्न ढंगबाट जोडिएका र प्रभावित भएका व्यक्तिहरु’ भन्ने शब्द राखेर विधेयकमा सहमति जुटाउन सकिने बताए । उनले मानव अधिकार उल्लंघनका घटनामा मेलमिलाप हुन नसकेको अवस्थामा अदालती प्रक्रियामा जान सकिने र सजायको सन्दर्भमा भने अदालतले नै तोक्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने, ‘स्वेच्छाचारीपूर्वक, क्रुरतापूर्वक गरिएको हत्या भन्ने एउटा विषय छ । अर्को विषय भनेको दोहोरो भीडन्त बाहेक गरिएको हत्यामध्ये कुन समावेश गर्ने भन्ने विषयमा परिभाषामा विवाद देखिन्छ । पहिलो प्रस्तावित जुन छ, स्वेच्छाचारीपूर्वक, क्रुरतापूर्वक गरिएको हत्याका सन्दर्भमा बरु केही शब्दावली तलमाथि गरेर टुंग्याउन सकिन्छ कि भन्ने मेरो आग्रह छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved