चन्द्रागिरीको भ्रमणमा श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद अली साब्री

नेपालभ्युज

चन्द्रागिरीको भ्रमणमा श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद अली साब्री

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको एक प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् । आज अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए ।

साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराए । चद्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएका विदेशमन्त्री साब्री बिभिन्न स्थानमा सेल्फी खिच्दै रमाएका देखिन्थे ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुगेका छन् ।

यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुगेका थिए । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved