प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीमाथि कोशीको जित

नेपालभ्युज

प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीमाथि कोशीको जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले बागमतीलाई ८ विकेटले पराजित गरेको हो।

८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो। कोशीका लागि काजल श्रेष्ठले अविजित ४१ रन बनाईन्। उनले सो क्रममा ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अप्सरी बेगमले भने ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। बागमतीका लागि संस्कृति फुयाल र सोनी पाख्रिनले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ८७ रन बनायो। बागमतीको लागि यशोदा विस्टले ४१ र कप्तान अस्मिना कर्मचार्यले २४ रन बनाइन्। कोशीका लागि सबनम राई र अप्सरी बेगमले २–२ तथा संगीता राईले १ विकेट लिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved