शेखर पक्षको ‘बहिष्कार’का बाबजुद मधेस कांग्रेसको सम्मेलन सुरु, विमलेन्द्र निधि पनि मञ्चमा गएनन्

मधेसमा देउवापछि मर्यादाक्रममा कोइरालालाई राख्ने विषयमा विवाद भएको थियो । प्रदेश अध्यक्षले शेखरलाई दोस्रो वरीयतामा राख्न नामानेपछि हिजो शेखर पक्षका आठ नेताले ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।

शेखर पक्षको ‘बहिष्कार’का बाबजुद मधेस कांग्रेसको सम्मेलन सुरु, विमलेन्द्र निधि पनि मञ्चमा गएनन्

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलन डा. शेखर कोइराला पक्षधरको बहिष्कारका बीच सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जनकपुरधामस्थित तिरहुतिया गाछीमा कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरू भएको हो ।

नेता विमलेन्द्र निधि पनि मञ्चमा गएनन् । उनी सहभागीसँगै तल नै बसेका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलन ११ बजे उद्घाटन समारोह हुने भनिएपनि ढिलो गरी सुरु भएको छ । कार्यक्रमका लागि देउवा आजै जनकपुर पुगेका हुन् । शेखर कोइराला भने सुनसरीको एक कार्यक्रममा पुगेका छन् । नेपाली कांग्रेस सुनसरीको “बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम” लाई सम्बोधन गर्न कांग्रेस नेता कोइराला त्यसतर्फ पुगेका हुन् ।

मधेसमा देउवापछि मर्यादाक्रममा कोइरालालाई राख्ने विषयमा विवाद भएको थियो । प्रदेश अध्यक्षले शेखरलाई दोस्रो वरीयतामा राख्न नामानेपछि हिजो शेखर पक्षका आठ नेताले ‘नोट अफ डिसेन्ट’ राखेका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा मधेस प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता आएका छन् । बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved