लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन : प्रदीप ज्ञवाली

नेपालभ्युज

लोकतन्त्रमा कसैलाई निषेध गर्न खोज्नु हुँदैन : प्रदीप ज्ञवाली
फाइल तस्वीर

भक्तपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताएका छन् । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उनले उल्लेख गरे ।

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताए । उनले भने,’एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो ।’

जनता संघीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले एनसेल कर छलीको निष्पक्षरुपमा छानबिनको माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved