एनसेल खरिदबिक्री प्रक्रिया गलत हो, सरकार गम्भीर छ- प्रधानमन्त्री प्रचण्ड

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसप्रति सरकार गम्भीर रहेको बताए ।

नेपालभ्युज

एनसेल खरिदबिक्री प्रक्रिया गलत हो, सरकार गम्भीर छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिदबिक्री प्रक्रिया स्वभाविक नभएको बताएका छन् । उनले यो प्रक्रिया गलत भएको बताउँदै छानविन समिति बनाएको बताएका हुन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यसप्रति सरकार गम्भीर रहेको बताए ।

‘छानविन समितिको प्रतिवेदन आएपछि सुझाव लिदैँ दूरसञ्चार प्रदायक कम्पनीको नियमन गर्नेछौं,’ उनले भने, ‘ एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि यसलाई गम्भीरताका साथ लिएका छौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved