रामबहादुर थापा भन्छन्- जनताले एमालेको सरकार खोजेका छन्

नेपालभ्युज

रामबहादुर थापा भन्छन्- जनताले एमालेको सरकार खोजेका छन्

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेको बताएका छन् ।

उपाध्यक्ष थापाले सोमवार पाँचथरको फिदिममा नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेका बताएका हुन् । उनले आफूहरुको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताए ।

उनले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताए । उनले देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गरे । त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उनको भनाई छ । उनले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।

उपाध्यक्ष थापाले यात्राले एमालेको राजनीतिक कार्यदिशालाई जनतामाझ स्थापित गर्न पनि भुमिका खेलेको बताए। नेता, कार्यकर्ताले सो अभियानबाट धेरै ज्ञानगुनका कुरा सिकेको पनि उनको भनाई छ । उनले नेपालमा समाजवाद स्थापनार्थ नीति, कार्ययोजना निर्माणका लागि पनि यात्राले भुमिका खेलेको बताए ।

उनले एमालेको संकल्पयात्रा भण्डाफोर अभियानको रुपमा पनि रहेको उल्लेख गर्दै नेपालमा हाबी भएको दक्षिणपन्थी प्रवृत्तिलाई पनि चिरेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved