“गुडइयर” ब्राण्डको लुब्रिकेन्ट अब नेपाली बजारमा 

नेपालभ्युज

“गुडइयर” ब्राण्डको लुब्रिकेन्ट अब नेपाली बजारमा 

काठमाडौं । नेपाली बजारमा गुडइयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रूपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण नेपाली बजारबाट पनि सुरु गर्ने भएको हो ।

भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रमबिच औपचारिक रूपमा शुभारम्भ भएको छ । दुई पांग्रे तथा चार पाङ्ग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिजहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।

गुडइयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो, जसको विश्वभर २१ देशमा ४६ उत्पादन युनिट रहेको छ । सन् २०२० देखि गुडइयरले भारतमा लुब्रिकेन्टको प्लान्ट स्थापना गरी एसियाका १६ देशमा बिक्री–वितरण गर्दै आएको छ ।

गुडइयरले गुणस्तर सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी आईएसओ ९००१ः२०१५, आईएसओ १४००ः२०१५ र आईएसओ ४५००ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।
विशेष गरी टायर, ट्युब तथा पार्ट्स बिक्री–वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो । विश्वविख्यात प्रिमियम ब्रान्ड भएकोले गुडइयरले राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका निर्देशक बिक्रम सिंघानियाले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved