गीलु रातोसको ‘सिलीदुङ’ सार्वजनिक

नेपालभ्युज

गीलु रातोसको ‘सिलीदुङ’ सार्वजनिक

काठमाडौं । कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ सार्वजनिक भएको छ । सिलीदुङ शनिवार मण्डला नाटकघरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।

सिलीदुङ राजनीतिकर्मी एवम् विश्लेषक आहुति, राजनीतिकर्मी माइला लामा, लेखिका प्रणिका कायु र कवि रातोसले सार्वजनिक गरेका हुन् ।

सङ्ग्रहमा ४४ वटा शीर्षकका छोटा कविता समेटिएका छन् । कवितालाई चार खण्डमा विभाजन गरिएका छन् ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ६ वाकुका ३४ वर्षीय रातोस १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा समेत होमिएका थिए । उनले आफ्ना कविताहरूमा जनयुद्धका अनुभव तथा त्यसको औचित्यमाथि पनि कविता लेखेका छन् ।

वक्ताका रूपमा रहेका आहुतिले पहिचानको आवाजलाई लिएर रचिएका कविताहरू आफ्नै मातृभाषामा रचिएको भए बढी अर्थपूर्ण हुने बताए ।

यस्तै माइला लामाले एक क्रान्ति-योद्धाले आफ्नो रचनालाई तिखोरूपमा प्रस्तुत गरेको बताए भने प्रणिकाले पहिचानका पक्षधर क्रान्ति-योद्धाले आज के पाए भनेर प्रश्न गरिन् ।

कार्यक्रमको सुरुवातमा साकेला-सिली (नृत्य)समेत प्रस्तुत गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved