पहिलोपटक अनुष्कालाई देखेर डराएका थिए विराट

नेपालभ्युज

पहिलोपटक अनुष्कालाई देखेर डराएका थिए विराट

एजेन्सी । बलिउडका पावर कपल विराट कोहली र अनुष्का शर्माको विवाह भएको ६ वर्ष पुगेको छ ।

उनीहरुको विवाह ११ डिसेम्बरमा भएको थियो ।  यही मौकामा जानौं उनीहरुको प्रेमकथाबारे ।

विराट अनुष्काको पहिलो भेटघाट एउटा स्याम्पुको विज्ञापनका दौरान भएको थियो । तर, अनुष्कालाई पहिलोपटक देखेपछि विराट हल्का डराएका थिए ।

विराटले एक अन्तरवार्तामा आफ्नो पहिलो भेटघाटको घटना सम्झेका छन् । पहिलो पटक अनुष्कालाई देखेपछि उनले नर्भस अनुभव गरेका थिए रे । आफ्नो डर लुकाउन उनले अनुष्कामाथि चुट्किला पनि भनेका थिए ।

उक्त विज्ञापन शुटपछि दुईबीच सम्बन्ध बढ्न थाल्यो र मित्रता प्रेममा बदलियो । उनीहरुले आफ्नो प्रेम गोप्य नै राखिरहेका थिए । तर, पनि अनुष्का विराटको खेलकै बीचमा रमाइरहेको देखिन्थिन् ।

मेलबर्नमा एक म्याचका क्रममा विराटले स्टेडियमबाट अनुष्कालाई फ्लाइंग किस समेत दिएका थिए । उक्त चुम्बनले उनीहरुको प्रेमबारे धेरै चर्चा भएको थियो ।

पछि विराटले एउटा भावुक पोस्ट लेखे । अनि ब्रेकअपको हल्ला पनि भयो । यही हल्लाबीच उनीहरु युवराज सिंहको विवाहमा साथमा गए । जसले ब्रेकअपको हल्लालाई गलत सावित गरिदियो ।

वर्षौं प्रेममा रहेपछि उनीहरुले सन् २०१७ डिसेम्बर ११ मा इटलीमा विवाह गरे । उनीहरुको विवाहमा परिवारका सदस्य मात्र सहभागी भएका थिए ।

विवाहको केही वर्षपछि उनीहरुको एउटा छोरी जन्मिइन छन् । जसलाई उनीहरुले लाइमलाइटबाट टाढा राखेका छन् ।

अहिलेको युवा पिँढीले यो जोडीलाई उदाहरणको रुपमा लिने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved