तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

नेपालभ्युज

तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

फुङ्लिङ । ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ क्लवले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पराजित गर्दै देउराली स्पोटिङ क्लवले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो ।

देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमा समेत एक गोल गरेको थियो ।

इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै टिमले जीत हात परेको जनाइएको छ । झापाली टिमले केही अवसर प्राप्त गरे पनि अवसर सिर्जना गर्न नसक्दा उपविजेतामा सीमित भएको छ ।

विजेता भएको देउराली स्पोटिङ क्लवले ट्रफी मेडल प्रमाणपत्रसहित नगद रु दुई लाख दुई हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको झापाली एक लाख ११ हजार रुपैयाँ चित्त बुझाएको छ । किरात लिम्बू साहित्यकर तथा लिम्बू भाषा लिविका पुनरुत्थान कर्ता सिरिजङ्गा सिंह थेवेको जन्म जयन्तीको अवसर पार्दै तेल्लोक स्पोटिङ क्लवले २०७७ सालदेखि गोल्ड कप आयोजना गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved