युवा अवस्थामै गर्नुभयो भने यी काम सजिलै कट्नेछ बुढ्यौली

नेपालभ्युज

युवा अवस्थामै गर्नुभयो भने यी काम सजिलै कट्नेछ बुढ्यौली

एजेन्सी । चाणक्यले आफ्ना नीतिहरुमा जीवनका कयौं समस्याका समाधानका लागि केही तरिका विस्तारमा बताएका छन् । उनका नीति अपनाएर जीवनलाई सुखमय बनाउन सकिन्छ ।

आज हामी तपाईंलाई पनि जीवनकालको युवा अवस्थामै गर्नुपर्ने केही कामबारे बताउनेछौं जसले गर्दा बुढ्यौली आरामसँग बित्नेछ ।

राम्रो व्यक्तित्व

आचार्य चाणक्यका अनुसार वृद्ध अवस्थामा सन्तानले तपाईंलाई रोटी खुवाउँदैनन् बरु तपाईंले दिएको संस्कारले भोजन गराउँछन् भनेका छन् । यस्तोमा बच्चाका अगाडि सधै राम्रो व्यक्तित्व प्रस्तुत गर्नुहोस्, जसले गर्दा उनीहरुले तपाईंलाई जीवनभर सम्मान गरुन् ।

राम्रो चरित्र

त्यस्तै भगवान चित्रमा नभएर चरित्रमा बास बस्छन् भनेका छन् । त्यसैले जवानी वा युवा अवस्थामा तपाईंले आफ्नो चरित्रलाई राम्रो बनाउनुहोस् । चरित्रमा दाग लाग्न कहिल्यै नदिनुहोस् ।

घमन्ड नगर्ने

चाणक्यका अनुसार मानिसले कहिल्यै पनि आफ्नो पद वा कुर्सीको घमन्ड गर्नु हुँदैन । किनकी पदको प्रतिष्ठा केवल कुर्सीसम्म मात्र सीमित हुने गर्छ ।

अरुलाई सहयोग

तपाईंले आफ्नो क्षमताअनुसार सबैलाई सहयोग गर्नुपर्दछ । जवानीमा नै मानिसमा सहयोगको भावना बढि राख्दा बुढ्यौली सुखीसँग बित्नेछ ।

भेदभाव नगर्ने

आचार्य चाणक्यका अनुसार, भेदभाव गर्नाले सम्बन्ध टाढा हुने तथा बिग्रने हुन्छ । यस्तोमा सबैसँग मिलेर रहनु पर्दछ किनकी बुढो हुँदा आफ्नो मान्छे नै काम आउने गर्छन् ।

पैसाको सही सदुपयोग

आचार्य चाणक्यका अनुसार धेरैले बुढ्यौलीका लागि पैसा जम्मा गरेर राख्छन् तर पैसा बचाउनु मात्र जरुरी हुँदैन । त्यसको सही सदुपयोग वा उपयोग गर्नु पनि जरुरी हुन्छ जसले गर्दा बुढो हुँदा काम लागोस् ।

सन्तुष्टि भाव

त्यस्तै युवा अवस्थामा सन्तुष्टि भाव राख्नु पर्दछ नत्र सबै बर्बाद हुन्छ । मनमा सन्तुष्टिको भाव राख्दा बुढो भएपछि पनि शान्ति तथा सुखसँग दिन कटाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved