धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री र मेयर साम्पाङबीच छलफल

नेपालभ्युज

धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री र मेयर साम्पाङबीच छलफल

काठमाडौं। धरानमा एयरपोर्ट बनाउनेबारे पर्यटनमन्त्री सुदन किराती र धरानका मेयर हर्क साम्पाङबीच छलफल भएको छ । काठमाडौं आएका मेयर साम्पाङ र मन्त्री किरातीबीच सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा छलफल भएको हो ।

पर्यटनमन्त्री किराती र मेयर राईबीच प्राविधिक टोलीको प्रतिवेदनसहित छलफल भएको हो । मन्त्री र मेयरको अहिलेको चासो र सक्रियताले धरानमा एयपोर्ट बन्ने सम्भावना बढेको छ ।

तर विराटनगरमा एयरपोर्ट हुँदाहुँदै धरानमा एयरपोर्ट आवश्यक नहुने तर्क पनि उठिरहेको छ । अहिले एकाथरी धरानमा एयरपोर्ट नभइ नहुने लाइनमा छन् भने अर्काथरी कुनै पनि हालतमा एयरपोर्ट हुनै नहुने तर्क गरिरहेका छन् ।

यसरी नागरिक दुई खेमामा कित्ताकाट भइरहेका बेला पर्यटनमन्त्री किराती र मेयर राईबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved