सरकारले विश्वसनीय संयन्त्रमार्फत् संक्रमणकालीन न्यायलाई टुंग्याओस् : मानव अधिकार आयोग

नेपालभ्युज

सरकारले विश्वसनीय संयन्त्रमार्फत् संक्रमणकालीन न्यायलाई टुंग्याओस् : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले विश्वसनीय संयन्त्रमार्फत् संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक सहमतिको नाममा संक्रमणकालीन न्यायलाई सामसुम पार्न नहुने बताएका हुन् ।

अध्यक्ष मगरले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको आदेश र आयोगले दिएका सुझावहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सरकारलाई आग्रह गरे । आयोगका सिफारिस कार्यान्वयन गर्ने काममा पनि सरकारको उत्साहजनक सहभागिता नरहेको उनको भनाइ थियो ।

अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयनका निम्ति गठन गरिएका समितिहरुले काम गर्न नसकेको आरोप पनि लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved