परस्त्रीसँग होटलबाट पक्राउ परेका वडाध्यक्ष छुटाउन सांसदको फोन

नेपालभ्युज

परस्त्रीसँग होटलबाट पक्राउ परेका वडाध्यक्ष छुटाउन सांसदको फोन

इटहरी । सुनसरीको रामधुनी नगरपालिकाका एक वडाध्यक्ष परस्त्रीसहित धरानको एक होटलबाट रंगेहात पक्राउ परेका छन् । रामधुनी नगरपालिका–७ का वडाअध्यक्ष केशव गौतम पक्राउ परेका हुन् ।

गौतम परस्त्रीसँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

नेकपा एमालेबाट टिकट पाएर दोस्रो कार्यकाल वडाअध्यक्ष चलाइरहेका गौतम रामधुनी ७ कै महिलासँग रंगेहात भेटिएको बताइएको छ ।

महिलाका आफन्तले महिला वडाअध्यक्ष गौतमसहित धरान १२ मा रहेको शुभकामना होटलमा रहेको भन्ने सूचना दिएपछि इलाका प्रहरी कार्यलय धरानबाट प्रहरीको टोली खटिइएको थियो ।

प्रहरीले दुवैलाई अर्धनग्न रुपमा भेटेको बताइएको छ । इलाका प्रहरी कार्यालय धरानमा लगिएको गौतमलाई छाड्न सांसददेखि माथिसम्मबाट फोन आइरहेको स्रोतले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको प्रमाणित गरेका छन् ।

डिएसपी मल्लले भने ‘केशव गौतमजी र एक जना महिला हाम्रो सम्पर्कमा हुनुहुन्छ । थप हामी अनुसन्धान गरिरहेका छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved