दुई वर्ष साना अभिनेताको प्रेममा सोनाक्षी

नेपालभ्युज

दुई वर्ष साना अभिनेताको प्रेममा सोनाक्षी

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो व्यक्तिगत जीवनलाई लिए पनि चर्चामा आइरहेकी हुन्छिन् । अहिले फिल्मी नगरीमा सोनाक्षी सिन्हाले जहीर इकबाललाई डेट गरिरहेको चर्चा छ ।

जहीर इकबालले ‘नोटबुक’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । हालांकी सोनाक्षीले अहिलेसम्म आफ्नो सम्बन्धका बारेमा खुलेर कुरा गरेकी छैनन् ।

सम्बन्ध गोप्य राखे पनि उनीहरु पार्टी, उत्सव तथा छुट्टी मनाउन साथमा देखिएका हुन्छन् । संजय लीला भन्सालीकी भतीजीको विवाहको पार्टीमा पनि उनीहरु सँगै पुगेका थिए ।

रिसेप्सन पार्टीमा पुगेका दुवैले तस्वीर पनि खिचाए । उमेरको कुरा गर्ने हो भने सोनाक्षी सिन्हा अहिले ३६ वर्ष पुगिन् भने जहीर ३४ वर्षका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved