झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस्

नेपालभ्युज

झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेशबारे ओलीको चेतावनीः सामना गर्न नपरोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन् ।

बिहीबार पर्वतमा मेची—महाकाली यात्राका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही पहिचानवादीहरुले एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश गर्न नदिने सन्दर्भलाई लिएर कोही प्रदेशमा एमाले प्रवेश गर्न नदिने भन्नेहरुलाई बुद्धि सच्याउन आग्रह गरे ।

उनले नेकपा एमाले कहाँ जान पाउने ? कहाँ जान नपाउने ? भन्नेकुरा सिकाउन आवश्यक नरहेको जिकिर गरे । उनले कोशी प्रदेशमा एमालेलाई प्रवेश गर्नै नदिने भन्ने फुर्ती नलगाउन चुनौती दिए । प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्ने आतंककारी कुराहरुको सामना गरेर अघि बढ्ने उनले चेतावनी दिए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफन्तका लागि बाहेक जनता, लडाकु, घाईते, शहीद, शहिदका परिवारका लागि केही गर्न नसकेको बताए । सरकारको नालायकीले प्रतिगामी शक्तिहरु फेरि उठ्न थालेको उनको भनाइ छ । उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved