चौथो दिनको कमाइमा ‘एनिमल’ले तोड्यो शाहरुखको ‘जवान’को रेकर्ड

नेपालभ्युज

चौथो दिनको कमाइमा ‘एनिमल’ले तोड्यो शाहरुखको ‘जवान’को रेकर्ड

काठमाडौं । अभिनेता रणवीर कपुरको ‘एनिमल’ले रिलिजको चौथो दिनसम्म विश्वभर ४२५ करोड भारु कमाएको छ ।

फिल्मले पहिलो सोमबार भारतभर ४४ करोड भारुको कलेक्सन गरेको संचारमाध्यमले जनाएका छन् ।

जसमा हिन्दीमा ४० करोड र दक्षिणमा ४ करोड भारु समावेश छ । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २४६ करोड २३ लाख भारु पुगेको छ ।

फिल्मको हिन्दी संस्करणले पहिलो सोमबार ४० करोड कमाएर शाहरुख खानको हिट फिल्म ‘जवान’को रेकर्ड तोडेको छ । ‘जवान’ले पहिलो सोमबार ३२ करोड भारु कमाएको थियो ।

‘जवान’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म हो । यसको विश्वव्यापी कलेक्सन ११ सय करोड भारु छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved