सामुद्रिक आँधीका कारण भारतको आन्ध्र प्रदेश र तमिलनाडुमा चेतावनी जारी

पूर्वी नेपालमा हवाई उडान प्रभावित हुन सक्ने

नेपालभ्युज

सामुद्रिक आँधीका कारण भारतको आन्ध्र प्रदेश र तमिलनाडुमा चेतावनी जारी

काठमाडौं । सामुद्रिक आँधी मिचाउङ्का कारण भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडुमा प्रभावित भएका छन् । दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म आँधीले वितण्डा मच्चाउन सक्ने चेतावनी दिइएको छ ।

सामुद्रिक आँधीको प्रभावका कारण ती क्षेत्रमा भारी वर्षा भइरहेको छ । आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अविरल वर्षाका कारण आएको बाढीले चेन्नईमा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो ।

वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लाका सडक डुबानमा परेका छन् । चेन्नईका धेरै ठाउँमा सडकमा रुख ढलेका छन् । वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र उडान आवागमन रोकिएको छ ।

तमिलनाडु सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदा दिएको छ । यसैबीच आँधीको प्रभाव नेपाली आकाशमा पनि देखिएको छ ।

मिचाउङको प्रभावका कारण पूर्वी नेपालमा हावाको गती बढाएको छ । जसका कारण पूर्वी नेपालमा हुने उडान प्रभावित हुन सक्ने मौसम विभागले जनाएको छ । तीव्र गतिमा हावा चल्ने भएकाले विमान उडान र अवतरणमा समस्या हुने विभागको भनाई छ ।

आँधीको प्रभाव नेपालमा भोलिसम्म रहने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved