यो सम्झिने मन छ म बिर्सुं कसरी ?

नेपालभ्युज

यो सम्झिने मन छ म बिर्सुं कसरी ?

काठमाडौं । मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस । संगीत अनुरागीहरुले उनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो । रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर उनले स्वर परीक्षा पास गरेका थिए ।

३० वर्ष लामो गायनयात्रामा उनले संख्यात्मक हिसाबमा धेरै गीत त गाएनन्, तर जति गाए सबै उत्कृष्ट र अमर गीत छोडेर गए । उनले १३७ गीत गाएको अभिलेख छ । आधुनिक गीतका साथै उनले केही चलचित्रमा समेत गाएका छन् ।

नारायणगोपालले यो सम्झिने मन छ म बिर्सु कसरी , दुईटा फूल देउरालीमा’ ‘एउटा मान्छेको मायाले कति’, ‘पोखिएर घामको झुल्का’, ’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायतगीत अहिले पनि नेपालीजनमा उत्तिकै कर्णप्रिय बनेका छन् ।

विभिन्न प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो ।

दार्जिलिङकी पेमला लामासँग विवाह गरेका नारायणगोपालका कुनै सन्तान भएनन् । पेमलाको पनि निधन भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved