कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

हवाई सेवासमेत अवरुद्ध

कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बनेको छ ।

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

सुर्खेत । कर्णालीका हिमाली जिल्लामा हिमपात भएको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु, जुम्ला र कालिकोटमा हिमपात भएको हो ।

सोमबार बिहानैबाट कर्णालीका हिमाली जिल्लामा पानी पर्नुका साथै हिमपात सुरु भएको हो । हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात हुँदा चिसोले जनजीवन कष्टकर बनेको छ ।

पानीसहित हिमपात भएका कारणले किसानहरुका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए । ‘किसान गहुँ बाली छरेको बेला पानी परेकोले किसानहरुका लागि निकै राम्रो भएको छ’, उनले भने, ‘पानी नपरेका कारणले गहुँ बाली सुक्न लागेको थियो ।’

पानी र हिमपातका कारणले बाक्लो हुस्सु लागेकोले हिमाली जिल्लाको हवाई सेवासमेत अवरुद्ध भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved