अधिवेशन नगरी विघटन भएका कांग्रेसका तीन भातृ संस्था ब्युँतिए, देउवाले गरे अध्यक्ष नियुक्त

नेपालभ्युज

अधिवेशन नगरी विघटन भएका कांग्रेसका तीन भातृ संस्था ब्युँतिए, देउवाले गरे अध्यक्ष नियुक्त

काठमाडौं । अधिवेशन नगरेर स्वत: विघटन भएका कांग्रेसका तीन वटा भ्रातृ संस्था ब्युँताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले तीनवटै संख्थामा अध्यक्ष नियुक्त गरेका हुन् ।

सभापति देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल, भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि विधान अनुसार यी भ्रातृ संस्था म्याद सकिएर स्वत: विघटन भएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved