चट्याङ लागेर भारतमा २४ जनाको मृत्यु

असिना पानी अझै केही दिन जारी रहने

नेपालभ्युज

चट्याङ लागेर भारतमा २४ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ ।

गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारी वर्षाका कारण दर्जनौं घरमा क्षति पुगेको छ भने सयौं पशु चौपाया पनि मरेका छन् । गुजरातमा जाडो मौसम सुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको हो ।

जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पुर्याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् ।

गुजरातमा गत आइतबारबाट शुरु भएको भारी वर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved