झापाको इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज’ लेखिएको शिलालेख

नेपालभ्युज

झापाको इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज’ लेखिएको शिलालेख

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको इकम कलेजको ‘श्री ५ महाराजाधिराज’ लेखिएको शिलालेख हटाइएको छ । विवाद बढेपछि बिर्तामोड– १ स्थित कलेजको उक्त शिलालेख हटाइएको हो ।

उक्त शिलालेख हटाएर नयाँ बनाउने तयारी गरिएको कलेज प्रशासनले जनाएको छ ।

राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको भन्दै विरोध बढेको थियो । उक्त सालिक पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार उद्घाटन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved