नजरबन्दबाट निस्केर आन्दोलनका लागि दुर्गा प्रसाईं सिफलमा

नेपालभ्युज

नजरबन्दबाट निस्केर आन्दोलनका लागि दुर्गा प्रसाईं सिफलमा

काठमाडौं । सिफलमा हुने आन्दोलनमा सहभागी हुन मेडिकल व्यवसायी दुर्गा प्रसाईं सिफल पुगेका छन् । शुक्रबार बिहानैदेखि नजरबन्द रहेका प्रसाईंकै नेतृत्वको आन्दोलनमा सहभागी हुन सिफल पुगेका हुन् ।

बिहीबार प्रसाईं नेतृत्वको समूह्ले बल्खुमा शक्तिशाली प्रदर्शन गरेपछि शुक्रबार तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको थियो । तर प्रहरीले शुक्रबार बिहानैदेखि प्रहरीलाई घरबाहिर निस्कन नदिएपछि कार्यक्रम हुन सकेको थिएन । सोही कार्यक्रम आज सिफलमा गरिन लागिएको हो ।

सुरक्षा निकाय र प्रसाईं समूहबीच शुक्रबार साँझ सहमति भएको थियो । सहमतिमा शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने भनिएपछि आजको कार्यक्रमका लागि अनुमति दिइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved