पार्टी एकता र ध्रुवीकरणका लागि नेसपाले बनायो अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति

नेपालभ्युज

पार्टी एकता र ध्रुवीकरणका लागि नेसपाले बनायो अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले नेकपा माओवादी केन्द्र लगायतका दलसँग एकताका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ ।

उक्त पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने शक्तिसँग एकता र ध्रुवीकरण गर्दै जान भन्दै समिति बनाएको हो ।

अध्यक्ष भट्टराई संयोजक रहेको पार्टी एकता/ध्रुवीकरण संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह छन् ।

नेसपा र माओवादी केन्द्रबीच एकताका लागि लामो समयदेखि गृहकार्य भइरहे पनि टुङ्गोमा पुग्न सकेको छैन । यसअघि दुवै दलले बनाएका वार्ता समितिबीच छलफल हुने गरेको थियो ।

बैठकले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने । सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने । मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन गर्ने, माघ-फागुनमा प्रदेशको सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved