रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

नेपालभ्युज

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, दुईको मृत्यु

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा सहकारी अभियन्ता माधवलाल देवकोटासहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाईकललाई पछाडिबाट आउँदै गरेको ना ६ ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिएको हो । देवकोटासँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मणीग्राममा व्यापार मेला लागेको छ । तिलोत्तमा उद्योग बाणिज्य संघले आयाेजना गरेकाे मेलातर्फ जाँदै गर्दा ट्रकले ठक्कर दिएको हो । देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार हुन् । मृतक दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ।

तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालकसमेत हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved