रुकुम पश्चिममा जीप दुर्घटना : २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

नेपालभ्युज

रुकुम पश्चिममा जीप दुर्घटना : २२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

काठमाडौं । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । आज बिहान दुर्घटनामा परेको जीपमा सवार ५ जनाको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जीप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका९८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । जीप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

घाइतेहरूलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved