आलेख

विश्वमा बढ्दो भूमिकासँगै ‘इन्डिया’ अझ बढी ‘भारत’ भएको छ

‘विस्तारित छिमेकीपन’को अवधारणाले आसियान, खाडी, मध्य एसिया र हिन्द महासागर क्षेत्रमा गहिरो जरा गाडेको छ । प्रशान्त महासागरदेखि क्यारिबियन सागरसम्मको सघन संलग्नताले भारतीय पदचिह्नको फराकिलो सक्षमता बनाउँदैछ ।

विश्वमा बढ्दो भूमिकासँगै ‘इन्डिया’ अझ बढी ‘भारत’ भएको छ

भारतले सन् २०२३ लाई फेर्केर हेर्दा जी–२० को अध्यक्षता र चन्द्र अभियान चन्द्रयान–३ लाई सुनिश्चितरूपमा प्रमुख उपलब्धिको दर्जा दिन्छ । यिनले कोभिड–१९ पश्चातको द्रुत पुनरुत्थान र बलियो बृद्धितर्फ राष्ट्रिय मनोदशालाई सञ्चालित गर्न योगदान गरे ।

भारतको जी–२० अध्यक्षता बृद्धि र विकासका चुनौतीहरूमा जोड दिएको साक्षी बन्यो । यसलाई दीगो विकास लक्ष्य, हरित विकास सम्झौता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार, डिजिटल सार्वजनिक पूर्वाधार प्रवर्द्धन र महिला–नेतृत्वमुखी विकास प्रोत्साहन कार्ययोजनामार्फत् अभिव्यक्त गरिएको छ ।

‘ग्लोबल साउथ ग्यादरिङ’ बोलाइनु जी–२० मा अफ्रिकी संघको स्थायी सदस्यता सुनिश्चित गर्नका लागि एक प्रस्ताव थियो । विगत दशकमा भारतको ‘छिमेकी पहिलो’ दृष्टिकोणले नयाँ कनेक्टिभिटी र गहिरा सम्पर्क निर्माण गरेको छ । श्रीलंकाली आर्थिक संकटप्रतिको तीव्र प्रतिक्रिया– महामारी युगको सहयोगले बृहत् सद्भावलाई पुनर्पुष्टि गर्‍यो ।

‘विस्तारित छिमेकीपन’को अवधारणाले आसियान, खाडी, मध्य एसिया र हिन्द महासागर क्षेत्रमा गहिरो जरा गाडेको छ । प्रशान्त महासागरदेखि क्यारिबियन सागरसम्मको सघन संलग्नताले भारतीय पदचिह्नको फराकिलो सक्षमता बनाउँदैछ ।

यस प्रक्रियामा भारतले युक्रेनको वरिपरि ध्रुवीकृत पूर्व-पश्चिम ध्रुवीकरणको जहाजलाई कसरी चलाउने र उत्तर-दक्षिण विभाजनका बीच कसरी पुलको काम गर्ने भनेर प्रदर्शन गर्‍यो ।

विषम् विश्वव्यापीकरणको प्रभाव, कोभिड क्षति, युक्रेन द्वन्द्व, ठूला शक्ति प्रतिस्पर्धा, जलवायु परिघटना र अहिले मध्यपूर्वको हिंसाले निश्चिय नै विश्वलाई धेरै नाजुक र अपूर्वानुमानीय बनाएको छ ।

यस्तो चुनौतीपूर्ण परिस्थितिबाट उद्धित हुन फुर्तिलो र बहुनिशानायुक्त भारतीय कुटनीति चाहिन्छ । क्वाड–संयन्त्र, हिन्द–प्रशान्त आर्थिक ढाँचा, ब्रिस्क विस्तार र मध्यपूर्वमा सृजनशील पहलकदमीहरू सहमति जनाइएका सवालमा साझेदारहरूसँग काम गरिएका प्रष्ट प्रमाण हुन् ।

हामी पुनर्विश्वव्यापीकरणलाई समर्थन गर्दैछौँ तर, त्यस्तो पुनर्विश्वव्यापीकरणलाई समर्थन गर्दछौँ, जो विविधतायुक्त, लोकतान्त्रिक, निष्पक्ष बजार आधारित होस् । यस बाटोमा टिक्न अझै केही चुनौती छन् र केही प्रतिबद्धता चाहिन्छ ।

आतंकवादलाई अवैधानिकीकरण र प्रतिवाद गर्ने कार्य अझै कार्य प्रगति चरणमै छ । यो यस्तो सवाल हो, जसमा दोहोरो मापदण्ड सामना गर्न सकिँदैन । चीनसँगको सम्बन्ध त्यतिखेर मात्र सामान्य हुन सक्दछ, जब सीमा क्षेत्रमा शान्ति बन्न सक्दछ । त्यहाँ वास्तविक नियन्त्रण रेखाको पूर्ण सम्मान र सीमाक्षेत्रको पुनर्स्थापनाले मात्र शान्त माहोल सम्भव हुनेछ ।

विश्वले अहिले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अतिकेन्द्रिकरणलाई सम्बोधन गरिरहेको छ । फलस्वरूप लचिलो र भरपर्दो आपूर्ति श्रृंखलामा भाग लिनु भारतको प्रमुख लक्ष्य भएको छ । त्यसैगरी, डिजिटल क्षेत्रमा पारदर्शीता र विश्वास सुनिश्चित गर्नु महत्त्वपूर्ण छ ।

भारत अहिले कृत्रिम बौद्धिकता (एआई) को युग र नयाँ औजारको आगमनको प्रभावको तयारीमा छ । हरित बृद्धि र दीगो विकासमा केन्द्रित हुँदै गएको विश्वले अब भारतले प्रस्तावित गर्ने मूल्यलाई मान्यता दिइरहेको छ ।

भर्खरै भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) र बलियो प्रकोप पूर्वाधार गठबन्धन (सिडिआरआई) मा नवीकरणीय ऊर्जाका लागि विश्वव्यापी ग्रिड प्रणाली र खाद्य सुरक्षाका लागि कोदोमा अझ बढी निर्भरता बढाउने प्रस्ताव र पहलकदमी अघि सारेको छ ।

नवीकरणीय ऊर्जा आत्मसात गर्ने र ऊर्जा दक्षता सुदृढ गर्ने भारतको आफ्नै प्रदर्शन पनि उल्लेखनीय छ । ठीक यही बेला आफ्नै परम्परामा ध्यान दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अघि सारिएको ‘मिसन लाइफ’ अर्थात् ‘पर्यावरणका लागि जीवनशैली’ पहलकदमीले हाम्रो दैनिक जीवनमा परिवर्तनमार्फत् धर्तीको कल्याणलाई बृद्धि गर्दछ ।

बाह्य विश्वमा भारतको देखिने भूमिका घरभित्र भइरहेका परिवर्तनका कारणले हो । महाव्याधीमा जनस्वास्थ्यप्रतिको व्यापक प्रतिक्रिया मात्र हैन, गहिरा सुधारहरू पनि देखिए । व्यापक स्तरको डिजिटल पूर्वाधार स्थापनाले सामाजिक–आर्थिक लाभ वितरण र सार्वजनिक सेवा प्रदायनलाई रूपान्तरण गरेको छ । तसर्थ, सन् २०१४ यता सुशासनको गुणस्तर कायम हुँदैछ । यसले व्यवसाय गर्न सजिलो र जीवनयापनको सहजतालाई बढावा दिँदैछ ।

अब यसलाई एक राष्ट्रियस्तरको एकीकृत पूर्वाधार पहलकदमीले टेवा दिँदैछ, सुधारिएको सीप विकास र ‘टु स्टक’ सिफारिसद्धारा । ‘विक्ली इन्भेस्टर्स इज’ ले हप्तामा ‘टप टु मिडक्याप’ सिफारिस गर्ने छ । अझ बढी चिज ‘द वर्ल्ड अहेड इनिसिएटिभ’ बाट आउनेछन् । यो सीप विकास, नवप्रवर्तन र स्टार्ट–अपहरूको प्रोत्साहन हो ।

भारतीय लोकतन्त्रको सघनीकरणले पनि प्रामाणिक तथा आधारभूत राजनीतिलाई परिपोषित गरेको छ । विगत दशकको प्रगतिको मूल्यांकन गर्दा संस्कृति र सम्पदाको आत्मसातका साथै प्रविधि र आधुनिकताको उत्तिकै महत्त्व देखिन्छ ।

आजको भारत नगदरहित भुक्तानी, फाइभजी नेटवर्कहरू, चन्द्रमामा अवतरण र डिजिटल भुक्तानी देशमध्ये एक हो । साथै यो महिलाको राजनीतिक प्रतिनिधित्वलाई उत्तिकै जोड दिने देशमध्ये एक हो । ‘कसैलाई पछाडि नछोड्ने’ देशमध्ये एक हो । भारत अब एक सक्षम, आत्मविश्वासी र उत्तरदायी समाज हो । यो एउटा यस्तो ‘इन्डिया’ हो जो अझ बढी ‘भारत’ भएको छ ।

(लेखक भारतका विदेशमन्त्री हुन् । पछिल्लो भारतीय दृष्टिकोण बुझ्न सहज हुने अपेक्षासहित उनको यो आलेख ‘द इकोनोमिस्ट’ बाट अनुवाद गरिएको हो । आलेखको शीर्षक हामीले दिएका हौँ ।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved