आलेख

मोदी सरकारका ९ वर्ष : एक ठूलो पदचिह्न

“एक इन्डिया अधिक भारत हो, जसले आफ्नो सम्पदा, विरासत र परम्परामा गौरव गर्दछ । अन्तर्राष्ट्रियस्तरमा यसको अभिव्यक्ति भनेको बहुध्रुवीयता र वास्तवमा भारतको उदय नै हो ।’ भारतीय विदेशमन्त्री एस जयशंकरको विचार ।

मोदी सरकारका ९ वर्ष : एक ठूलो पदचिह्न

मोदी सरकारले आफ्नो शासनकालको ९ वर्ष पूरा गर्दैगर्दा नि:सन्देश वैदेशिक नीति ती क्षेत्रमध्ये पर्दछ, जसमा यसको प्रभाव परेको छ । यसले विश्वमा र भारतभित्रै पनि मान्यता प्राप्त गर्ने क्रम बढ्दो छ।

यो कुरा नयाँ कार्य तरिका छिमेकी प्रथम, सागर, क्वाड, १२ यु २ जस्ता संयन्त्र र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता पहलकदमीहरूमा देखिन्छ । भारतलाई एक जिम्मेवार विकास साझेदार, पहिलो पहलकर्ता र दक्षिण एसियाको आवाजका रूपमा लिइन्छ । यी प्रत्येक पक्षले नेतृत्वदायी शक्ति बन्ने तिरको खोजीलाई प्रतिविम्बित गर्दछ ।

भारतको उदय एक अनिश्चित र अस्थिर विश्वमा हुँदैछ । हाम्रो युगका उथलपुथलहरू त्यसको व्यवस्थापन गर्न मात्र हैनन्, सम्भव भएसम्म सदुपयोग गर्नका लागि पनि हुन् । जारी द्वन्द्व र ठूला शक्ति प्रतिस्पर्धाले बृहत् परिदृष्य निर्धारण गर्दछ ।

भारतीय कूटनीतिले प्रमुख शक्ति केन्द्रको तुलनामा प्रतिरक्षाबाट कम, चासो र मूल्यहरूको सक्रिय खोजीबाट बढी काम गर्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । हाम्रो नीति र कारबाहीको स्वतन्त्रता एक परिभाषित विशेषता बनेको छ ।

यी नौ वर्षमा धेरै प्रमुख साझेदार बिल्कुलै भिन्न प्रशासनको साक्षी पनि बनेका छन् । यद्यपि, भारतले साझेदारीको मार्ग सुनिश्चित गरेको छ, जुन उत्तिकै सकारात्मक रहनेछ ।

कोभिड महाव्याधि हाम्रो समयको रूपान्तरणकारी घटना हो । यसले आर्थिक संकेन्द्रणतालाई उजागर गर्‍यो र भूमण्डलीकरण विशेषताका नाजुक पक्षलाई अगाडि ल्यायो । त्यसकारणले भरपर्दो र लचिलो आपूर्ति श्रृंखलाको निर्माण जोखिममुक्तिको कुञ्जी बन्यो।

मेक इन इन्डिया, पीएलआई योजना र गति शक्तिमार्फत् भारत त्यो प्रयासमा सहभागी हुन खोजेको छ। प्रधानमन्त्री मोदीको विदेश नीति विश्वव्यापी अवसरहरूको खोजी, गहन सबलता निर्माण, उत्कृष्ट प्रविधि तथा अभ्यासहरूको अवशोषण र रोजगार विस्तारमा केन्द्रित छ ।

हाम्रो बढ्दो डिजिटल अस्तित्वले विश्वास र पारदर्शीताको सरोकारलाई अगाडी ल्याएको छ । आलोचनात्मक तथा उदियमान प्रविधिहरू दिनप्रति दिन अघि बढ्दै गइरहेका छन् । विशेषतः सञ्चार, गतिशीलता, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा यसो भइरहेको छ ।

आमूल परिवर्तनकारी सबलताहरूले प्रतिस्पर्धाका विभिन्न नयाँ क्षेत्र देखाउन थालेको छ । ज्ञान अर्थतन्त्रले जनसांख्यिक अवरोधको सामना गर्दैगर्दा भारतीय प्रतिभा एक शक्तिशाली ‘तुरुप’ हो । भरपर्दो सहकार्यलाई अझ सघनीकरण गर्नु र प्रविधि विकल्पहरू निरन्तर अघि बढाउनु अन्त्यन्त महत्त्वपूर्ण छ ।

देशबाहिर हाम्रा पेशाकर्मी र विद्यार्थीलाई निष्पक्ष प्रतिस्पर्धाको खेल मैदान तयार गर्न विश्वव्यापी कार्यस्थल परिकल्पनामा आधारित धेरै गतिशीलता सम्बन्धि सम्झौतालाई मोदी सरकारले निष्कर्षमा पुर्‍याएको छ । यसले उनीहरू समय संकटबाट जोगिन्छन् । बन्दे भारत मिसन र गंगा तथा काबेरी अप्रेसन यसका पछिल्ला स्मरण हुन् ।

भारत आज सबैभन्दा धेरै जनसंख्या भएको, पाँचौं ठूलो र बढ्दो अर्थतन्त्र भएको राष्ट्र हो। तर, यसको बृहत् प्रभाव, विचार र पहलकदमीको शक्तिबाट आएको हो । चाहे जलवायु कारबाही होस वा प्रति–आतंकवाद, कनेक्टिभिटी होस वा सामुद्रिक सुरक्षा, वित्तीय समावेशिता होस् वा खाद्य सुरक्षा, बहस र परिणामलाई भारतले सक्रियतापूर्वक आकारित गरेको छ ।

प्रकोपमैत्री पूर्वाधारका लागि सहकार्य, वातावरणमैत्री जीवनशैलीका लागि अन्तर्राष्ट्रिय वर्ष यसका उल्लेखनीय प्रयास हुन् । भारतले पार्ने धेरैजसो प्रभाव यसका आफ्नै नीति र सुपुर्दगीका हिस्सा हुन् ।

जब हामी सार्वजनिक ‘डिजिटल वस्तु’ र ‘प्लग लिकेज’ लाई सुनिश्चित गर्दछौं, नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्दछौं, उर्जा क्षमतालाई प्रोत्साहन गर्दछौं वा ठूलो मात्रामा खोप उत्पादन गर्दछौं, आमसुरक्षा सञ्जाल बनाउँदै छौं, ती अरुका लागि समेत दृष्टान्त बन्दछन्। यस्ता चिजहरू सेयर गर्ने हाम्रो तत्परताले व्यापक विश्वव्यापी प्रशंसा प्राप्त गरेको छ ।

हामीलाई करिब १०० राष्ट्रको खोपको स्रोत बनायो, यसले एक स्थायी सदभाव ख्याति सिर्जना गर्‍यो । थप ७८ राष्ट्रमा भइरहेको ६०० भन्दा बढी विकास परियोजनाहरू हाम्रो अन्तर्राष्ट्रियतावादको प्रमाण बनेका छन् । यो सानो कुरा हैन कि भर्खरैको टर्की भूकम्प प्रकोपको अवस्थामा प्रथम प्रतिक्रियाकर्ता राष्ट्रको रूपमा भारतको सक्षम उदय भयो ।

भारतको विस्तारित कूटनीतिक पदचिह्नले यसको बढ्दो हितलाई प्रतिविम्बित गर्दछ। जीवन्त साझेदारहरू उत्सुकता र सघनतापूर्वक संलग्न हुन आवश्यक पर्दछ । तर, अरुहरू पनि ध्यान दिन योग्य हुन्छन् । उच्चस्तरीय अन्तर्क्रियाको आवृति र विस्तारलाई हाम्रा साझेदारहरूले व्यापकरूपमा स्वागत गरेका छन् ।

श्रीलंका र नेपालजस्ता नजिकका छिमेकीहरू जस्तै यो कुरा खाडी क्षेत्रमा, वास्तवमा अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका लागि पनि सत्य हो । प्रशान्त क्षेत्रीय टापुहरू, क्यारेबियन समुदाय, नोर्डिक राष्ट्र वा अफ्रिकाजस्ता सामूहिक ढाँचाको सिर्जनाले यो प्रक्रियामा दीगो क्षमता प्रदान गरेको छ ।

हाम्रो विदेशनीति हाम्रो सीमाक्षेत्रबाट सुरु हुन्छ र यो भन्न सकिन्छ कि त्यसमा पनि ठूलो परिवर्तन भएको छ। नजिकका छिमेकीहरू उदार र गैरपारस्परिक व्यापक सुधार परियोजनामार्फत् प्रदत्त छन् । फलस्वरूप दक्षिण एशियामा क्षेत्रीयतावादले द्रुत गतिमा फड्को मारिरहेको छ। नयाँ सडक, रेल, जलमार्ग सम्पर्क, विद्युत् ग्रिड, पाइपलाइन र सीमापार सुविधामा यो कुरा प्रतिविम्बित हुन्छ।

कडा पूर्वाधार सुधार वस्तु तथा सेवाको प्रवाहलाई सहज बनाउने गरी मिलाइएका छन् । कोभिड चुनौतीप्रतिको साझा जवाफले पनि ऐक्यबद्धताको भावनालाई बलियो बनायो । श्रीलंकाको आर्थिक संकटका बेला भारतले गरेको सहयोगमा यसको बलियो प्रतिध्वनि छ ।

विकासलाई मुख्य जोड दिइरहेका बेला हाम्रो राष्ट्रिय सुरक्षामा उत्पन्न भएका चुनौतीलाई उत्तिकै दृढतापूर्वक सामना गरिएको छ । यसभित्र चीनले यथास्थितिलाई एकतर्फी परिवर्तन गर्न नसक्ने सुनिश्चिताका लागि सीमा क्षेत्रमा बलियो सैन्य तैनाथी समावेश छ। र पाकिस्तानतर्फबाट हुने अवैधानिक तथा सीमापार आतंकवादलाई जवाफ दिने नीति र कारबाही छन् ।

एक इन्डिया अधिक भारत हो, जसले आफ्नो सम्पदा, विरासत र परम्परामा गौरव गर्दछ । अन्तर्राष्ट्रियस्तरमा यसको अभिव्यक्ति भनेको बहुध्रुवीयता र वास्तवमा भारतको उदय नै हो ।

योग दिवसको उत्सव र आयुर्वेदको प्रचार-प्रसार यस महाग्रन्थमा महत्त्वपूर्ण सुरुवात हुन् । भारतीय सन्दर्भ र विश्वासबारे असल विश्वव्यापी समझलाई प्रवर्द्धन गर्ने फराकिलो लक्ष्यमा कामहरू भइरहेका छन्।

पदभार ग्रहण गरेको पहिलो दिन नै प्रधानमन्त्री मोदीले हिचकिचाहट र जडताबाट बाहिर आएर बृहत् विदेश नीतिको आफ्नो साहसी प्रतिबद्धता प्रष्ट गरेका थिए। उनले थप क्षमता निर्माण, थप जिम्मेवारी ग्रहण र आजको दिनका हाम्रा मुख्य सवाललाई आकारित गर्न ध्यानकेन्द्रित गरेका थिए । आज हामी १०औं वर्षमा प्रवेश गर्दै गर्दा पनि त्यो यात्रा जारी छ ।

(लेखक भारतीय विदेशमन्त्री हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुन लागेको सन्दर्भमा नेपाली पाठकका लागि पनि उपयोगी हुनसक्ने ठानी यो आलेख टाइम्स अफ इन्डियाबाट अनुवाद गरिएको हो ) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved