तीस वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

नेपालभ्युज

तीस वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ
सांकेतिक तस्वीर

महेन्द्रनगर । तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved