भोलि भाइटिकाको दिन दुई प्रदेशमा आंशिक बदली

नेपालभ्युज

भोलि भाइटिकाको दिन दुई प्रदेशमा आंशिक बदली

काठमाडौं । भोलि बुधबार भाइटिकाका दिन कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved