टिकटक बन्दको निर्णयप्रति रवि लामिछानेको टिप्पणी- नेता भ्रष्ट भए, के अब पार्टी नै बन्द गरिदिने ?

नेपालभ्युज

टिकटक बन्दको निर्णयप्रति रवि लामिछानेको टिप्पणी- नेता भ्रष्ट भए, के अब पार्टी नै बन्द गरिदिने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयको विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिएका हुन् ।

लामिछानेले मूलधारले ढोका बन्द गरेका कैयौँ प्रतिभा सामाजिक सञ्जालबाट उदाएको, मूलधारले लुकाएका कयौँ समाचार सामाजिक सञ्जालले उजागर गरेको बताएका छन् ।

टिकटकका कैयौँ उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रूपमा खराबलाई नियन्त्रण गर्न सकिने उनको तर्क छ ।

उनले टिप्पणी गर्दै भनेका छन्, ‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ। इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेता भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?’

आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया भएको उनको तर्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved