टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन- सरकार उल्टो बाटो हिँड्यो

नेपालभ्युज

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति गगन- सरकार उल्टो बाटो हिँड्यो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताएका छन् ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर, सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,” गगनले भनेका छन् ।

उनले टिकटक बन्द गर्ने कुरा सरकारको नियतसँग सम्बन्धित भएको बताएका छन् । “यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,” उनले भने ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved