सांसद विकास कोषको ८ अर्बसहित १० अर्ब ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गर्ने सरकारको निर्णय

नेपालभ्युज

सांसद विकास कोषको ८ अर्बसहित १० अर्ब ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सांसद विकास कोष (संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) को ८ अर्ब र त्यसमा रकम थपेर १० अर्ब बनाई भूकम्पपीडितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाअनुसार मन्त्रिपरिषद्ले यो निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माण थाल्ने निर्णयसमेत गरेको छ ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । यस्तै झन्डै ४ हजारको हाराहारीमा घरहरू भत्किएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved