इन्जिनमा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान हुम्लामा रोकियो

इन्जिनमा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान हुम्लामा रोकियो

सुर्खेत । इन्जिनमा समस्या आएपछि नेपाल एयरलाइन्सको विमान हुम्ला सिमकोट विमानस्थलमा रोकिएको छ । सोमबार सिमकोटबाट नेपालगञ्जमा लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर विमान हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको हो ।

नेपालगञ्जका लागि चौधजना यात्रुहरू भरेर एउटा इन्जिन सञ्चालन गर्दा एउटा इन्जिन सञ्चालन गर्दा उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलराज हमालले जानकारी दिए ।

“नाईन एन एबियु कलसाईनको ट्वीनीटर जहाज नेपालगञ्जबाट सिमकोटका लागि सोमबार बिहान चौधजना यात्रु बोकेर सिमकोट विमानस्थलमा अवतरण गरेको थियो,” उनले भने, “यात्रु सबै विमानभित्र पसेको र पाइलटहरूले विमान सञ्चालन गर्ने क्रममा इन्जिन सञ्चालनमा नआउँदा समस्या देखियो ।”

विमान वरिष्ठ क्याप्टेन मनिस बिष्ट, कोपाईलट र एयरहोस्टेज रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved