चार दिने भ्रमणका लागि चीन प्रस्थान गरे महानगर प्रमुख

नेपालभ्युज

चार दिने भ्रमणका लागि चीन प्रस्थान गरे महानगर प्रमुख

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला चीन  प्रस्थान गरेका  छन्  ।

युनाइटेड सिटिजन् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला  चीन प्रस्थान गरेका हुन्  ।

युसीएलजीको कंग्रेसमा मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनको समस्या, चुनौती, अवसरलगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

सो सम्मेलन  कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा संचालन हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved