विश्वकप क्रिकेट : अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २४५ रनको लक्ष्य
तस्वीर स्रोत : अफगानिस्तान क्रिकेट बोर्ड/फेसबुक

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २४५ रनको लक्ष्य दिएको छ।

भारतको अहम्दाबादमा जारी खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तान अन्तिम बलमा २४४ रनमा अलआउट भएको हो।

अफगानिस्तानको लागि अजमातुल्लाह उमरजाईले १०७ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे। रहमत शाह र नूर अहमदले भने २६–२६ रन जोडे।

दक्षिण अफ्रिकाको लागि जेराल्ड कोएत्जीले ४, लुंगी न्गिडी, र केशव माहाराजले २–२ तथा एन्डिले फेलुव्कायोले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved