मन्त्री किरातीको निर्देशन : धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्नु

नेपालभ्युज

मन्त्री किरातीको निर्देशन : धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्नु

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न समिति बनाउन निर्देशन दिएका छन् ।

धरानमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्ने समिति गठनको लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मन्त्री राईले निर्देशन दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति  तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छ’, मन्त्री किरातीले लेखेका छन् ।

हिजो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा विमानस्थल बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved