विश्वकप क्रिकेट : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत मंगलबारको जारी खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९१ रन बनायो ।

अफगानिस्तानका लागि ओपनर इब्राहिम जदरानले १४३ बलमा   ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै रशिद खानले १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए । त्यस्तै रहमत शाहले ३० रन बनाउँदा कप्तान हसमतुल्लाह शाहिदीले २६ रन बनाए ।

अस्ट्रेलियाका लागि जोस हेजलवुडले २ विकेट लिँदा मिचेल स्टार्क, ग्लेन म्याक्सवेल र एडम जाम्पाले १/१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved